×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ

जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ

काठमाडौं । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका(२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।

पक्राउ पर्नेहरू 

१.  जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ मार्फा बस्ने वर्ष ५० का सुरज लालचन

२.  ऐ.ऐ. बस्ने वर्ष ५६ का राजु लालचन ।

३.  ऐ.ऐ. बस्ने वर्ष ५० का जेम्स हिराचन ।

४.  ऐ.ऐ. बस्ने वर्ष ५३  का गुन्ज हिराचन ।

५.  ऐ.ऐ. बस्ने वर्ष ६०  का दल बहादुर हिराचन ।

६.  ऐ.ऐ. बस्ने वर्ष ५० का विश्वलालचन ।

७. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.  ०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ बस्ने वर्ष ५९ का आईत ज्वारचन ।

८.  जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ मार्फा बस्ने वर्ष ३८ का समिर ज्वारचन ।

९.  ऐ.ऐ. बस्ने वर्ष ५०  का कविन ज्वारचन ।

१०. ऐ.ऐ. बस्ने वर्ष ६५ का  याम प्रसाद मगर ।

११. ऐ.ऐ. बस्ने वर्ष ४० का सन्तोष लालचन ।

१२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा  नं. ०२ बस्ने वर्ष ६० का कमल हिराचन ।

प्रतिकृया दिनुहोस्