×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीले बोलायो स्थायी समिति बैठक

माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो।

नेताहरूका अनुसार सरकारले संविधान संशोधनको प्रयास अगाडि बढाउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय गर्नका लागि स्थायी समितिको बैठक राखिएको हो ।

पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा छलफल गर्न पदाधिकारी बैठकले स्थायी समितिको बैठक राख्ने निर्णय गरेको हो ।

स्थायी समितिको बैठक बोलाउने निर्णय भएको माओवादीका सचिव देवेन्द्र दाहालले जानकारी दिए ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन संविधान संशोधनसँग जोडिएका केही विषयमा पार्टीको धारणा प्रष्ट पारेर अगाडि जाने तयारी पार्टीले गरेको बताउँछन् । संविधान जारी गर्दै नै राखिएका कतिपय मुद्दालाई पुनः ब्यूँत्याएर अगाडि बढ्ने तयारी छ ।

‘केन्द्रीय कमिटीको बैठकबाट एक ढंगले निर्णय गरेर अगाडि गइन्छ,’ उपमहासचिव पुनले भने।

बिहीबार बसेको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्ने बताएका छन्।

यो विषयमा प्रतिपक्षमा रहेका दलहरूसँग समेत छलफल गरेर साझा रुपमा जाने र पार्टीको संरचना यो मुद्दा लिएर जनतामा जाने तयारी रहेको नेताहरु बताउँछन्।

प्रतिकृया दिनुहोस्