×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो ।

श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । ‘उहाँको देहावसान भएकोबारे हामीलाई औपचारिक जानकारी भएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले भने, ‘परिवार र आफन्तहरुले बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टी हुने जानकारी गराउनुभएको छ ।’

बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्ष (आईसीयु)मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमै उपचाररत रहँदा निधनको खबर आएको सूचना अधिकारी पाण्डेले बताए ।

उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् । ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।

प्रतिकृया दिनुहोस्