×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख, आईसीयूबाट वार्डमा सारियो

मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख, आईसीयूबाट वार्डमा सारियो

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य सुधारोन्मुख भएपछि उनलाई शनिबार वार्डमा सारिएको हो । उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत छन् ।

सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आईसीयूबाट उनलाई वार्डमा सारिएको हो । त्यसअघि उनलाई अस्पतालको एनेक्स टु क्याबिनमा राखिएको थियो ।

पारिवारिक स्रोतका अनुसार वैद्यलाई चिकित्सको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने तयारी छ । उपचारमा संलग्न चिकित्सकका अनुसार ७८ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ ।

अघिल्ला वर्षहरूमा पनि उनको समस्या बल्झिंदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो । वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन् ।

प्रतिकृया दिनुहोस्