×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

अमेरिकामा नयाँ भन्सार शुल्क, शुक्रबारदेखि लागू हुने

अमेरिकामा नयाँ भन्सार शुल्क, शुक्रबारदेखि लागू हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुलहरू घोषणा गरेका छन् । ‘मुक्ति दिवस’ नाम दिंदै ट्रम्पले घोषणा गरेका नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ ।

ट्रम्पले बुधबार भारतमाथि २६ प्रतिशत ‘जस्तालाई तस्तै भन्सार महसुल’ (रेसिप्रोकल भन्सार महसुल) लगाउने घोषणा गरे।

अमेरिकाले चीनमाथि ३४ प्रतिशत, युरोपियन युनियनमाथि २० प्रतिशत, दक्षिण कोरियामाथि २५ प्रतिशत, जापानमाथि २४ प्रतिशत, भियतनाममाथि ४६ प्रतिशत र ताइवानमाथि ३२ प्रतिशत भन्सार महसुल लगाएको छ । नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ ।

अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनहरूमाथि लगाएको भन्सार महसुलको आधा दर बराबर भन्सार महसुल लगाउनेछ।

ट्रम्पका अनुसार अमेरिकामा आयात हुने सबै सामानमाथि १० प्रतिशत आधारभूत भन्सार महसुल लागू हुनेछ। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार, आधारभूत भन्सार शुल्क  अप्रिल ५ को राति १२:०१ बजेबाट लागू हुनेछ, जबकि ‘जस्तालाई तस्तै भन्सार महसुल’ अप्रिल ९ को राति १२:०१ बजेबाट लागू हुनेछ।

ट्रम्पले भारतमाथि लगाएको करबारे प्रतिक्रिया दिंदै भने, ‘भारत अत्यधिक कठोर छ। मोदी मेरा राम्रा साथी हुन्, तर उनले अमेरिकासँग सही व्यवहार गरिरहेका छैनन्।’

ट्रम्पका अनुसार भारतले अमेरिकामाथि ५२ प्रतिशतसम्म भन्सार महसुल लगाउँछ, त्यसैले अमेरिका भारतमाथि २६ प्रतिशत भन्सार महसुल लगाउनेछ।

उनले भने, ‘मैले पूर्ण रूपमा समान भन्सार महसुल लगाउन सक्थेँ, तर धेरै देशहरूका लागि यो कठिन हुन सक्छ, त्यसैले हामी यस्तो गर्न चाहँदैनौँ।’
 

प्रतिकृया दिनुहोस्