काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १३०० रुपैयाँ बढेर प्रतितोला तिन लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।