काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।