×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रविलाई बयानका लागि अदालत लगियो, लीला पछाईको बयान चल्दै

रविलाई बयानका लागि अदालत लगियो, लीला पछाईको बयान चल्दै

काठमाडौं । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको छ । उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाललाई पनि अदालत लगिएको छ । 

हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लीला पछाईको बयान चलिरहेको छ । लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ । 

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरीले अनुसन्धान रिपोर्ट जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोग पत्र गत शुक्रबार र आइतबार अदालतमा दर्ता गरेको हो ।

सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ अपचलन भएको भन्दै बिगो कायम गरिएको छ भने व्यक्ति र कम्पनी सहित ६३ जना प्रतिवादी छन् ।

प्रतिकृया दिनुहोस्