×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्यको स्वास्थ्य स्थिर

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्यको स्वास्थ्य स्थिर

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य स्थिर रहेको सो पार्टीले जनाएको छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवका अनुसार वैद्यको स्वास्थ्य स्थिर अवस्थामा छ ।

श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरूले भर्ना गरेरै उपचार गर्नुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।

गत महिना आयोजित एकता महाधिवेशनका बेला पनि स्वास्थ्यमा समस्या देखिएपछि वैद्य पूरै समय बन्दसत्रमा बस्न सकेका थिएनन् । गत वर्ष पनि उनलाई त्रिवि शिक्षण अस्पतालमा करिब एक साता भर्ना गरेर उपचार गरिएको थियो ।

वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन् ।

प्रतिकृया दिनुहोस्