काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २२ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।