×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दलका सचेतकहरूसँग छलफल गर्दै सभामुख

दलका सचेतकहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक सचेतकहरूसँग छलफल गर्दै छन् ।

सभामुखको सचिवालयका अनुसार बिहान ११ बजेका लागि छलफल तय गरिएको छ । छलफलमा प्रमुख पाँच दलका प्रमुख सचेतक र प्रमुख सचेतकलाई बोलाइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।

संसदको हिउँदे अधिवेशनको तयारी अन्तर्गत सभामुख घिमिरेले छलफल राखेका हुन् । यसअघि आइतबार सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

आज सामूहिक छलफल गरेपछि भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको छ । कार्यव्यवस्थाको बैठकले हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गर्ने छ ।

हिउँदे अधिवेशन यही माघ १८ गतेबाट सुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस्