काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस अघि सुनको मुल्य प्रतितोला एक लाख ५३ हजार ३ सय रुपैयाँ सम्म कायम भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।