×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बाराको सुधार केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु, ७ जना पक्राउ

बाराको सुधार केन्द्रमा कुटपिट हुँदा एक जनाको मृत्यु, ७ जना पक्राउ

काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । नवजन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको बाराका एसपी सन्तोष तामाङले बताए ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–९ घर भएको प्रदीप प्रसाद मण्डल ‘धिरेन्द्र’ छन् । हत्यामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

सुधार गृहका कर्मचारी र त्यहाँ राखिएका ७ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्