काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आइतबार छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भैरहेको छ ।