×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रसुवा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

रसुवा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

काठमाडौं । चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।

एक जना प्रहरीले चाहिँ नदीको बीचमा सुरक्षित रहेको भन्दै सम्पर्क गरेका छन् । यसबाहेक नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए ।

‘अन्यको पनि खोजी कार्य जारी छ’, उनले थपे ।

सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ ।

प्रतिकृया दिनुहोस्