×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कैलालीको जंगलमा २ जना पुरुषको शव फेला

कैलालीको जंगलमा २ जना पुरुषको शव फेला

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक जंगलमा दुई युवाको शव भेटिएको छ ।

मृत भेटिनेहरुमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन् । चौधरीको शव झुडिएको अवस्थामा र रानाको शव भुईँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले बताए ।

उनका अनुसार चौधरीको शव साइकलमा सामान बाँध्ने ट्युबको डोरीले घाँटीमा पासो लगाएर जमानुको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । उक्त शवको करिब १५ मिटर पर रानाको शव भुईँमा फेला परेको छ ।

डीएसपी बोहोराको टोली घटनास्थल गएर मुचुल्का गरेर शव उठाएको छ । अब शव पोस्टमार्टमका लागि पठाउन लागिएको बोहराले अनलाइनखबरलाई बताए ।

प्रतिकृया दिनुहोस्