काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा २१ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला दुई हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।