×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनताको घेराबन्दीले सरकार आतङ्कित : अग्नि सापकोटा

जनताको घेराबन्दीले सरकार आतङ्कित : अग्नि सापकोटा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जनताको घेराबन्दीले सरकार आतङ्कित भएको बताएका छन् । बिहीबार प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै उनले भोलिदेखि विपक्षी दलहरूको समेत घेराबन्दीमा पर्ने जिकिर गरे ।

दुई तिहाइको सरकार भए पनि सरकार निकै कमजोर भएको सापकोटाको भनाइ छ । सरकार बनेको दिनदेखि नै केपी ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको दाबी गरे । 

‘सरकार यति आतङ्कित छ कि जनताको घेराबन्दीमा परेको छ । भोलिदेखि विपक्षीहरूको घेराबन्दीमा पर्दैछ । अहिले सत्तारुढ पार्टीका पनि हरेक दिन बैठक बसिराखेका छन् । विधेयकको विरोध गर्‍यो भने प्रतिवाद गर्नुपर्छ भन्छ । यसको अर्थ सरकार कमजोर भयो भनेर बुझ्नुहोला । उनीहरू बहस भन्दैनन् । प्रतिवाद गर्ने भन्छन् । यो कमजोर मानसिकताको द्योतक हो । डे वानदेखि नै सुशासन, सामाजिक न्याय, सेवा प्रवाह लगायत जीवनका हरेक क्षेत्रमा यो सरकार असफल भइरहेको छ’, उनले भने ।

उनले ओली सरकार सदनदेखि भागिरहेको आरोप लगाउँदै सरकारले ल्याएको अध्यादेशमा बदनियत पूर्ण विषय भएको बताए । 

‘सबैभन्दा खतरनाक कुरा भूमि विधेयकमा समेटिएको छ । आफ्ना कार्यकर्तालाई जग्गा बाँड्न विधेयक ल्याइएको छ । अहिले फास्ट ट्र्याकको कुरा आइराखेको छ, म भन्छु–विधेयक छलफल गर्ने समितिमा हो । त्यहाँ अल्पमत र बहुमत हुँदैन । रौं चिरा छलफल गरिन्छ’, सापकोटाले भने ।

प्रतिकृया दिनुहोस्