×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध

क्यान महासंघको अध्यक्षमा सुनैना पाण्डे निर्विरोध

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को अध्‍यक्षमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन भएकी छिन् ।

नयाँ कार्यसमिति चयनका लागि बुधबार भएको अध्‍यक्ष पदमा पाण्डेको मात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध चयन हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

महासचिव अधिकारीका अनुसार क्यान महासंघको ३१औं वार्षिक साधारणसभा तथा १५औं महाधिवेशनबाट संस्थाले पहिलो महिला अध्यक्षको रुपमा सुनैना घिमिरे पाण्डेलाई पाउने भएको हो।

पुस १३ गते शनिबार क्‍यान महासंघको १५औं महाधिवेशन हुँदैछ । पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्