काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुस १९ गते शुक्रबार बेथान स्मृती दिवसको अवसरमा राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । कार्यक्रम शुक्रबार काठमाडौमा हुनेछ ।
रामेछापको बेथानमा जनयुद्धका बेला २०५३ साल पुस १९ गते देशकै पहिलो फौजी कारबाहीमा परी ३ जना योद्धाहरु तिर्थ गौतम, फत्त स्माली मगर र दिलमाया बम्जनले सहादत प्राप्त गरेका थिए । सोही दिनलाई सम्झदै नेकपाले भोली पुस १९ गते कार्यक्रम गर्न लागिएको हो ।
