×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एक महिनाअघि प्रि-बजेट छलफल सक्नुपर्ने अध्यादेश संसद्‌बाट स्वीकृत

एक महिनाअघि प्रि-बजेट छलफल सक्नुपर्ने अध्यादेश संसद्‌बाट स्वीकृत

काठमाडौं । बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएको थियो । बुधबार यो अध्यादेश प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको हो ।

यो अध्यादेशमा बजेट आउनु एक महिना अघि प्रि–बजेट छलफल सक्नुपर्ने लगायतका प्रावधान छ । नेपालमा प्रत्येक वर्ष जेठको १५ गते बजेट ल्याउने व्यवस्था छ । अध्यादेश अनुसार अब वैशाख १५ गते अगावै प्रि-बजेट छलफल सक्नुपर्ने हुन्छ ।

यसअघिको सरकारले बजेट आउनुभन्दा तीन महिना अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने प्रावधान सहितको अध्यादेश ल्याएको थियो । त्यसलाई घटाएर वर्तमान सरकारले एक महिना अगाडि प्रि–बजेट छलफल सक्नुपर्ने गरी अध्यादेश ल्याएको हो । जसलाई प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस्