काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । हिजो तोलामा २३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।