×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानमा प्रधानमन्त्रीको हस्ताक्षर

बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानमा प्रधानमन्त्रीको हस्ताक्षर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’मा हस्ताक्षर गरेका छन् । राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा मंगलबारदेखि आरम्भ भएको अभियानमा हस्ताक्षर गर्दै शुभकामना दिएका हुन् । 

बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाह मुक्त बनाउने प्रधानमन्त्री ओली सङ्कल्प लिए । मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।

भेटमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’का संस्थापक भुवन रिम्भु र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा सम्लग्नहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्