×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि २९ खेलाडी छानिए

आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि २९ खेलाडी छानिए

काठमाडौं । आईसीसी यू-१९ महिला टी-20 विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छानिएका छन् । नेपाली महिला सिनियर टिममा खेलिसकेका पूजा महतो र सोनी पाख्रिनसहित २९ जनाको नाम आज क्रिकेट संघले सार्वजनिक गरेको हो ।

टिममा सोनी पाख्रिन, ऐली यादव, किरणकमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपशा शाही, साना प्रविण, प्रतिमा शाह छन् ।

त्यस्तै,  स्नेहा महरा, सावित्रा धामी, अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल पनि छनोट गरेको छ ।

अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पूजा महतो, कुशम गोदार, सीमाना जीसी, ज्योत्सिका मर्सानी, निरु जीटी, सेरिना थापा, रचना चौधरी, आश्मा पुलामी मगर पनि पहिलो चरणको टिमा परेका छन् ।

चितवनमा भएको मायादेवी कप र कोहलपुरमा भएको मेयर कपमा उनीहरुको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको पनि क्यानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्