×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ । 

कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय  पुरा भएकोले पुनः म्याद थपको लागि आज अदालतमा उपस्थित गराइने भएको हो । 

आज उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने कास्कीका एसपी श्यामबावु ओलियोले बताए । उनले भने, ‘आज दोस्रोपटक म्याद लिन्छौँ, अरू अनुसन्धानको प्रक्रिया भइरहेको छ ।’

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए। सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस्