×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी साउनको भेल जस्तै भयो,१९ वटा पुगेछ, थप्नुस् २० हुन्छ : विप्लव

माओवादी साउनको भेल जस्तै भयो,१९ वटा पुगेछ, थप्नुस् २० हुन्छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी अहिले साउने भेल जस्तो भएको बताए ।

शान्ति प्रक्रियामा आएपछि माओवादी जताजतै पुगेको उनले बताए । माओ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा विप्लवले भने, ‘माओवादी साउनको भेल जस्तै भयो । कहाँ कहाँ पुग्यो ।’

फुट्नुमा पनि असाध्यै धेरै फुटेको विप्लवको भनाइ थियो । ‘अस्ति एक साथीले डायरीमा टिप्नु भएछ, १९ वटा पुर्‍याउनु भएछ । मैले भने– एउटा थप्नुस् २० हुन्छ, २१ हुन्छ’ उनले भने ।

माओवादीको मन अशान्त रहेकाले धेरै फुटिरहेको विश्लेषण विप्लवले सुनाए । तर फुट्ने क्रम असाध्यै धेरै भएपछि जुट्ने दिन आउने विश्वास गरे ।

पार्टीको केन्द्रीय समितिले एकताकै प्रस्ताव अगाडि बढाएको जानकारी पनि विप्लवले दिए ।

प्रतिकृया दिनुहोस्