काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।