काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले केही नबिराएको र नडराएको बताएका छन्। आइतबार राति पार्टी कार्यालयमा पत्रकारमाझ बोल्दै उनले आफूमाथि किन प्रहार भयो भइरहेको नबुझेको बताए ।
‘रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन मान्छे बचार आएको हो‚’ उनले भने । उनले आफूले भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको दाबी गरे ।