×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सरकारी कार्यालय आजदेखि ४ बजे नै बन्द हुने

सरकारी कार्यालय आजदेखि ४ बजे नै बन्द हुने

काठमाडौँ । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाइटीकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरू खुलेका हुन् ।

साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो । 

गत बिहीबार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन् ।

प्रतिकृया दिनुहोस्