×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, २१ महिनाको वस्तु आयात धान्ने

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, २१ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । मुलुकसँग रहेको विदेशी मुद्रा सञ्चिति रकम ३४ खर्ब १३ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय स्थितिअनुसार फागुन मसान्तसम्मको मुद्रा सञ्चितिले हालकै आयातलाई आधार मान्दा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।

असार मसान्तसम्मको तुलनामा चालु आवको फागुनसम्म आइपुग्दा नै मुद्रा सञ्चिति २७.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तसम्म मुलुकसँग २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर विदेशी मुद्रा सञ्चिति रहेको थियो ।

अमेरिकी डलरमा हाल मुलुकसँग भएको मुद्रा सञ्चिति २३ अर्ब ८ करोड डलर बराबर हो । अमेरिकी डलरमा मुद्रा सञ्चिति ८ महिनामा १८.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार फागुनसम्म रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत हो ।

प्रतिकृया दिनुहोस्