काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ घटेर प्रतितोला दुई हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।