×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक

वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक

काभ्रेपलाञ्चोक । वीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ ।

नेपालीहरूको मुख्य चाड दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र आमनागरिकको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यलय काभ्रेले एक सूचना प्रकाशित गर्दै ६-२२ असोजसम्म (घटस्थापनादेखि पूर्णिमासम्म) जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।

यस अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने सूचनामा उल्लेख छ ।

अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागु नहुने सूचनामा छ ।

 

प्रतिकृया दिनुहोस्