×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो

खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो

धनगढी । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए ।

१७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए ।

उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ ।
 

प्रतिकृया दिनुहोस्