×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि...........

ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि...........

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई फेरि वृद्धाश्रम भनेका छन् । सांसद शाहीको उक्त अभिव्यक्तिप्रति नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलका क्रममा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयक अध्ययन नै नगरी आएकाले कमजोरी रहेको बताए । 

उनले वैदेशिक लगानी सम्बन्धी ऐनले आम सञ्चारमा वैदेशिक लगानी ल्याउन नपाउने प्रावधान रहेपनि विधेयकमा आम सञ्चारमा वैदेशिक लगानी हुन सक्नेगरी खुला राखेको भनेर प्रश्न उठाएका ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदै भने हामीले राष्ट्रिय सभालाई वृद्धाश्रम नभनेर के भन्ने ?’, शाहीको प्रश्न छ । 

शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र एमाले सांसद रघुजी पन्तले आपत्ति जनाए ।

संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत भएको भन्दै पाण्डेले संविधान र कानुन अनुसारको अभिव्यक्ति नरहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए ।

त्यसपछि नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद शाहीको अभिव्यक्तिमा आपत्ति जनाए ।

प्रतिकृया दिनुहोस्