×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

कजाकस्तान विमान दुर्घटनामा ३८ जनाको मृत्यु

काठमाडौं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ ।

कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले सो जानकारी दिएका हुन् । उनका अनुसार दुई बच्चासहित २९ जनाको उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर छ ।

बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अजरबैजान एयरलाइन्सको विमान बुधबार कजाकस्तानमा दुर्घटना भएको थियो । बाक्लो हुस्सुका कारण उक्त जहाजको रुट परिवर्तन गरिएको थियो ।

उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।

प्रतिकृया दिनुहोस्