×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै

अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै

काठमाडौं । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै छन् । मेयर आचार्य भने केही दिन अस्पतालमै रहने छन् ।

मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा। किरण किशोर नकर्मीले बताए ।

मेयर आचार्यको भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श गरी केही दिन उपचार गरिने छ । अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार अस्पतालले डिस्चार्जको निर्णय गरिसकेको जानकारी दिएको छ तर घर फर्किने समय भने निश्चित छैन ।

शनिबार पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनका झुप्पा आगोको झिल्कोमा परी विष्फोट हुँदा प्रमुख अतिथि पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

उनीहरुलाई सोही दिन नै हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याई भर्ना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्