×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

निजामती विधेयक संसदीय उपसमितिबाट पारित

निजामती विधेयक संसदीय उपसमितिबाट पारित

काठमाडौं । संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित भएको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले विधेयकको प्रतिवेदन पारित गरेर मूल समितिमा बुझाएको छ ।

बिहीबार सिंहदरवारस्थित समितिको सभाकक्षमा उपसमितिका संयोजक बडूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई विधेयकको प्रतिवेदन बुझाएका हुन् ।

विधेयकका अधिकांश विषयमा सहमति जुटाएको उपसमितिले अवकाश लगत्तै संवैधानिक नियुक्ति र परामर्शदाताको रुपमा काम गर्नका लागि निश्चित समय नपाउने (कुलिङ पिरियड) प्रावधानमा थप छलफल गर्न मूल समितिलाई सिफारिस गरेको छ ।

अवकाशको उमेर ६० वर्ष बनाउनेमा सहमति छ । तर, ६० वर्ष उमेरको प्रावधान एकै पटकमा लागू गर्ने कि ५९ हुँदै ६० वर्ष पुर्‍याउने भन्ने प्रक्रियामा सहमति जुटेको छैन । यो विषयमा पनि मूल समितिमा थप छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस्