×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

त्रिवि सभाबाट ११ बुँदे नीति पारित

त्रिवि सभाबाट ११ बुँदे नीति पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट ११ वटा नीति पारित भएको छ ।

बिहीबार बसेको सभाबाट ११ वटा नीति पारित भएको हो । जसमा विश्वविद्यालय प्रध्यापन सेवामा गर्नका लागि न्युनतम योग्यता पुनर्विचार गर्ने, आंगिक र सम्बन्धन प्राप्त क्याम्पस वा कलेजमा प्राध्यापन गर्न विश्वविद्यालय सेवा योग्यता परीक्षण परीक्षा व्यवस्था गर्नेदेखि श्रम बजारको माग अनुसार ननक्रेडिट पाठ्यक्रमको विकास र सञ्चालन गर्नेसम्मका नीति रहेका छन् ।

यस्तै, त्रिविको पुनर्संरचना गर्ने ऐन र नियमको संशोधन प्रक्रिया सुरु गर्ने, निजी क्षेत्रमा सञ्चालित क्याम्पस सामुदायिक क्याम्पसमा, सामुदायिक क्याम्पस सामुदायिक क्याम्पसमा र निजी क्याम्पस निजी क्याम्पसमा गाभ्ने नीति साधारण सभाबाट पारित भएका छन् ।

प्रतिकृया दिनुहोस्