काठमाडौँ । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । मन्त्री चौधरीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।
मन्त्री चौधरीले शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भयो भन्ने अडियो सार्वजनिक भएको बताउँदै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । त्यो अडियो पुरानो भएको बताए ।
मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो । तर त्यो भिडियो भदौतिरको भएको उनले बताए ।
उनले त्यसबेला भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गरे ।
अडियोमा मुख्यमन्त्रीलाई मिलाउने कुरा सुनिएको तर आफूले त्यसो नगरेको बताएका छन् । सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि त्यसबेला आइतबार पारित गर्ने बताएका मन्त्रीले लेनदेन गरेको सुनिन्छ । त्यसमा मुख्यमन्त्रीलाई पनि दिनुपर्ने सुनिएको छ । मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको पत्रकार सम्मेलनमा बताए ।
उनले आफूले अडियोमा सुनिएजस्तो कुनै लेनदेन नगरेको दाबी गर्दै वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको बताएका छन् । मन्त्री चौधरीले आफूमाथि छानबिन गर्न माग समेत गरेका छन् । छानबिनमा दोषी देखिए कारवाही भोग्न तयार रहेको समेत उनले बताएका छन् । मन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका थिए ।