×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रियसभामा रिक्त रहेको दुई समितिमध्ये एकमा उम्मेदवारी दिने माओवादीको निर्णय

राष्ट्रियसभामा रिक्त रहेको दुई समितिमध्ये एकमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमध्ये एकमा उम्मेदवारी दिने निर्णय गरेको छ । अर्कोमा एकीकृत समाजवादीलाई समर्थन गर्ने निर्णय गरेको छ । 

शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा सबेको दलको बैठकले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचनमा मायाप्रसाद शर्मालाई उठाउने निर्णय गरेको हो । 

यस्तै विधायन समितिको सभापति निर्वाचनमा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार दिउँसो १ बजे गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशन भएको छ । सकभर सहमतिका लागि पहल गर्ने नभए प्रक्रियामा गएर भए पनि विजय गराउने माओवादीले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्