×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

टीयू मैदानमा ब्रायन लारा

टीयू मैदानमा ब्रायन लारा

काठमाडौं । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिजका लेजेण्डरी क्रिकेटर ब्रायन लारा टियू क्रिकेट मैदान पुगेका छन् । मैदानमा जारी नेपाल प्रिमियर लिगको शनिबारको खेल हेर्न उनी मैदान पुगेका हुन् ।

उनी मैदानको चारैतिर घुमेका थिए । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् ।

लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।

यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै उनले आफू नेपाल आउन चाहेको बताएका थिए । नेपाल विश्वकपमा छनोट भएको केही समयपछि एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट सम्वादमा उनले नेपाली टोलीको प्रशंसा गरेका थिए ।

त्यसपछि उनले ट्वीट गर्दै नेपाली टोलीको खेल चमत्कारिक रहेको भन्दै बर्मुडामा खेल हेर्दा नै आफू प्रभावित भएको बताएका थिए ।

उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी समेत जितेका छन् । उनी क्रिकेट जगतमा ‘द प्रिन्स’ उपनामले परिचित छन् ।

प्रतिकृया दिनुहोस्