काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो। आज तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ८४ हजार २ सय रुपैयाँमा करोबार भैरहेको छ ।
यसैबीच आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भैरहेको छ ।