×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रेस्टुरेन्टमा काम गर्ने युवती मृत फेला

रेस्टुरेन्टमा काम गर्ने युवती मृत फेला

काठमाडौं । रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् ।

गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका-२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी विजय पण्डितले बताए ।

डिएसपी पण्डितले भने, ‘खाजा घरमा काम गर्दै आएकी थिइन् । आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा भेटिएपछि हामीले अनुसन्धान थालेका छौं।’

उनका अनुसार गुल्मीस्थित उनको घरबाट आफन्तहरु झिकाईएको र थप अनुसन्धान भरहेको छ । मृतक युवती १४ महिनादेखि नेवारी खाजा घरमा काम गर्दै आएकी थिइन् । सोही खाजा घरको कोठामा उनी बस्ने गर्दथिन्।
 

प्रतिकृया दिनुहोस्