×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव फेला, हजुरबुबा पक्राउ

गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव फेला, हजुरबुबा पक्राउ

काठमाडौं । मोरङको विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा करिब ५७ वर्षीय सर्जुक यादव रहेका छन् ।

मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर-५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएको हो ।

डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलाघर विराटनगर आएकी थिइन् ।

चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमा राजकुमारी र बुबालालमोहन भारत फर्केका थिए । ५/६ दिन यता चाँदनी गाउँमा नदेखेपछि स्थानीयले सोधखोज गरेका थिए । तर, सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए ।

यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए ।

खोजी गर्ने क्रममा सर्जुकको घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए ।

सर्जुकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्