×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । इन्डोनेसियामा भूकम्प गएको छ । आज बिहान ७ः१० बजे  सुलावेसी टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ । 

भूकम्पको धक्काले सर्वसाधारणमा त्रासको वातावर सृजना भएको छ । यद्यपि यस भूकम्पका कारण मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । 

विगत केही दिनदेखि हरेक दिन कतै कतै भूकम्पको धक्का महसुस भइरहेको भए पनि हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षति हुन पाएको छैन ।
 

प्रतिकृया दिनुहोस्