काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ६० रुपैयाँ घटेर प्रतितोला तिन हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।