×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सम्पूर्णमा सचेत रहन आग्रह

जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सम्पूर्णमा सचेत रहन आग्रह

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले जनक्रान्तिविरुद्ध खुफिया शैलीमा संलग्न हुने प्रयासप्रति सम्पूर्ण पार्टीपंक्ति, जनसमुदायमा सचेत रहन आग्रह गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सेक्रेटरी सोनाम सीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक अपचलन, विचारहीन गुटबन्दी, संगठन विरोधी गतिविधि गर्ने किरण, नारायण र दिपकलाई निष्कासन गरिएको जानकारी गराएका छन् ।

आर्थिक विभागमा रहेका नारायणलाई पहिलेदेखि नै पार्टी विधि पद्धतिविपरित पार्टीको नाममा विभिन्न निकायहरूसँग आर्थिक संकलन गरी चरम हिनामिना गरेको प्रमाणित भएपछि उनलाई पहिल्यै जिम्मेवारीबाट मुक्त गरिएको थियो ।
अन्य १२ जनाको राजनीतिक स्वतन्त्रता हनन हुनेगरी किर्ते हस्ताक्षर भएको भन्दै नेकपा सिन्धुपाल्चोक जिल्लाले अन्य सदस्यहरुको जानकारी, सहमति वा वैचारिक निर्णय नरहेको पुष्टि भइसकेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्