×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी

५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी

काठमाडौँ । ५२ संवैधानिक पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा सुनुवाइ जारी छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालसहितले दायर गरेको १५ थान रिटमाथि प्रधानन्यायाधीश  राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सुनुवाइ भइरहेको हो । 

गत माघदेखि सुरु नियमित सुनुवाइअन्तर्गत गत बुधबार चौथो दिनको सुनुवाइ भएको । सामान्यतया बुधबार र शुक्रबार मात्रै पूर्ण इजलास तोकिने गरेको प्रधानन्यायाधीशकै अग्रसरतामा यसपालिका चाँडै पेसी तोकिएको थियो । 

२०७७ मङ्सिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतमा पदाधिकारी सिफारिस गरेका थिए । 

२०७७ मङ्सिर ३० गते भएको सिफारिस पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि मात्र सार्वजनिक गरिएको थियो ।

प्रतिकृया दिनुहोस्