×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

वाईसीएलका ५ जना निवर्तमान उपाध्यक्ष बने माओवादीको वैकल्पिक केन्द्रीय सदस्य

वाईसीएलका ५ जना निवर्तमान उपाध्यक्ष बने माओवादीको वैकल्पिक केन्द्रीय सदस्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रले वाईसीएलका निवर्तमान ५ जना उपाध्यक्षहरूलाई वैकल्पिक केन्द्रीय समिति सदस्य बनाएको छ । 

माओवादीको हालै सम्पन्न स्थायी समिति बैठकले उनीहरूलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो । वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार ज्ञानेन्द्रबहादुर गुरुङ, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम, सुदिप ढुंगानालाई पार्टीले वैकल्पिक केन्द्रीय सदस्य बनाएको हो ।

यस्तै विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यस अघिको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधि  बनाइएकाहरूलाई सोही रूपमा यथावत कायम राख्ने, विद्यार्थी मोर्चाका अन्य निवर्तमान पदाधिकारीहरूको हकमा तत्कालीन विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिस अनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश समितिमा यथावत राख्ने र प्रदेश समितिमा  सिफारिस भएकाहरूको हकमा प्रदेश प्रतिनिधिका रूपमा जिम्मेवारी दिने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्