काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । १२ कक्षाको नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसिरहेको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन समेत गरेको थियो ।
बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।
गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।